चितवन, ४ पुस ।
नेपाल चिकित्सक संघ चितवनका नवनिर्वाचित कार्यसमितिले बिहीबार पदस्थापन गरेका गरेका छन् ।
गत कात्तिक २२ गते भएको अधिवेशनले डा.उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
बिहीबार डा.लोकबहादुर सेढाईं नेतृत्वको अघिल्लो कार्यसमितिले नयाँ समितिका पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा. दीपेन्द्र न्यौपाने सर्वसम्मत भएका थिए । उपाध्यक्षमा डा.नवराज लामिछाने, सह–सचिवमा डा. वसन्त शर्मा, कोषाध्यक्षमा डा. विवेक कँडेल र सहकोषाध्यक्षमा डा.सञ्जय पौडेल पनि सर्वसम्मत निर्वाचित भएका थिए ।
सदस्यहरुमा डा.सुरेशकुमार दीप, डा.कृष्णप्रसाद रेग्मी, डा.पुष्पराज खनिया, डा.सुन्दर गौतम र डा.आविष्कार चापागाईं रहेका छन् ।
सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष न्यौपानेले निकित्सक संघले सम्पूर्ण चिकित्सकको हक र हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।