चितवन, ३ पुस ।
नारायणी टुडे मासिकका प्रकाशक एवं प्रधानसम्पादक वीरेन्द्रमणि पौडेलले आफ्नो जन्मदिनको अवसरमा प्रेमबस्ती माध्यमिक विद्यालयलाई बुधबार क्रिकेट ब्याट र बल प्रदान गरेका छन् । पत्रकार पौडेलले विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपानेलाई ब्याट र बल हस्तान्तरण गरेका हुन् ।
पत्रकार पौडेलले सानातिना सहयोग पनि कहिलेकाहीँ महत्वपूर्ण हुने बताउँदै विद्यालयमा क्रिकेट ब्याट र बलको अभाव भएको थाहा पाएपछि आफूले यो सहयोग गरेको जानकारी गराए । विद्यालयका प्रधानाध्यापक न्यौपानेले सीमित साधनस्रोतका कारण विद्यालयले चाहेर पनि कतिपय शैक्षिक सामग्री, खेल सामग्री, सांगीतिक बाजाहरु जोड्न नसकेको र यस्ता सहयोगको सधैँ खाँचो रहने बताए ।