चितवन, ३ पुस ।
विकट चेपाङ गाउँ कान्दाको रुपान्तरण अभियानमा सक्रिय ‘मितेरी फाउण्डेशन’को अध्यक्षमा रमेशकुमार पौडेल चयन हुनुभएको छ । सोमबार चितवनमा भएको पाँचौँ अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अनिता खनाल, महासचिवमा बालकृष्ण थपलिया, सचिवमा विनोदबाबु रिजाल र कोषाध्यक्षमा भोजराज खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रवीन्द्रसिंह बानियाँ, राधेश्याम खतिवडा, शोभा अर्याल र लेखराम सापकोटा चयन हुनुभएको छ । त्यसैगरी सल्लाहकारमा प्रा.डा.कृष्णप्रसाद पौडेल र एकल सिलवाल रहनुभएको छ ।
कान्दा राप्ती नगरपालिका वडा नम्बर १३ मा पर्ने पहाडी बस्ती हो । जहाँ २०६७ सालको जेठमा जंगली च्याउ खाएर एकै घरका आठ जनाको निधन भएको थियो । सोही घटनाको समाचार संकलन गर्न कान्दा पुग्नुभएका पत्रकार एकल सिलवालले उक्त गाउँको रुपान्तरणका लागि आफ्ना मित रंगकर्मी रवीन्द्रसिंह बानियाँसँग मिलेर संस्था खोल्नुभएको थियो ।