चितवन, १ पुस ।
चितवन हिमाल डेण्टलले वार्षिकोत्सवको अवसरमा १५ दिनसम्म निःशुल्क दन्त परीक्षण सेवा दिने भएको छ । डेण्टलले पुस १ गतेदेखि १५ गतेसम्म यो सेवा दिने भएको हो ।
नारायणगढको शहिदचोकमा मुख्य कार्यालय र चितवन मेडिकल कलेज (सिएमसी) भरतपुर अगाडि शाखाबाट यो सेवा लिन सकिने छ । डेण्टलका सञ्चालक जयराम जोशीका अनुसार दन्त परीक्षणमा कुनै शुल्क लाग्ने छैन । यसैगरी दाँत सम्बन्धि अन्य सबै प्रकारका उपचारमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नमिलेको दाँतलाई वरिष्ठ अर्थाेडेण्टीकहरुद्वारा मिलाईने, गिँजा सुनिने, श्वास गन्हाउने, गिँजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्षको पनि यहाँ उपचार हुँदै आएको छ ।
दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गरी राख्ने, दुखेको दाँतको जराबाटै उपचार (आरसिटि, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्सरे र दन्त प्रत्यारोपण) सेवा समेत यस डेण्टलबाट दिँदै आएको उहाँको भनाई छ ।
डेण्टलले वार्षिकोत्सवको अवसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले गरेको काम र सेवाका बारेमा जानकारी गराएको छ । डेण्टलका अर्का सञ्चालक रञ्जिता अधिकारीले दाँत सम्बन्धी जनचेतना फैल्याउन पनि निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो – `दाँत दुखेपछि मात्रै उपचार गर्न आउने प्रचलन छ, तर समय समयमा दाँतको परीक्षण गराईरहनु पर्छ ।´
विदेशमा दन्त परीक्षण सेवा महङ्गो पर्ने भएकाले विदेशमा रहेकाहरु समेत चितवन हिमाल डेण्टलमा दाँतको उपचार गर्न आउने गरेको उहाँको भनाई छ । अधिकारीले थप्नुभयो – `विदेशमा महङ्गो पर्ने भएकाले विदेश जाने तयारी गरेकाहरु पनि यहीँ उपचार गरेर विदेश जानुहुन्छ ।´
आफूहरुले अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकहरुबाट उपचार सेवा दिने भएकाले आकर्षण बढ्दै गएको अधिकारीको भनाई छ । उहाँले अगाडि भन्नुभयो – `दन्त उपचारका क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि र उपकरण हामीले ल्याएकै कारण सेवाग्राहीलाई सन्तुष्टि दिन सकेका छौं ।´
हिमाल डेण्टलमा तीन जना विशेषज्ञ चिकित्सक पूरा समय काम गर्नुहुन्छ भने सेवाग्राहीको चाप अनुसार अन्य अस्पतालबाट समेत चिकित्सकहरु ल्याईने गरेको अधिकारीको भनाई छ ।
चितवन हिमाल डेण्टलमा वार्षिक ८ देखि १० हजार जनालाई सेवा दिँदै आएको बताउँदै उहाँले चितवनसहित, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, मकवानपुरबाट समेत सेवाग्राही आउने गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा म्याग्जिलोफेसियल सर्जन डा. कृष्ण रेग्मीले दाँतको उपचारका लागि चितवनबाट अन्यत्र जान नपर्ने बताउनुभयो । उहाँका अनुसार चितवनमा दाँतको सबै खालको सेवा अहिले उपलब्ध छ ।
डेण्टलको भरतपुर शाखामा अत्याधुनिक प्रविधिबाट छाला, कपाल तथा सौन्दर्य विशेषज्ञहरुबाट उपचार सेवा समेत दिने गरिएको छ । कपाल झरेको ठाउँमा प्राकृतिक तरिकाबाट कपाल रोप्ने, अनुहारमा भएको कोठी दागहरुलाई पूर्ण रुपमा हटाउने, कपाल झरेको ठाउँमा प्राकृतिक तरिकाबाट कपाल उमार्ने, अत्याधुनिक मेसिनबाट अनुहारको हाइट्रोफेसियल, अनुहारको चाउरीपन हटाउने, अनुहारको सम्पूर्ण सौन्दर्यको लागि आवश्यक उपचार गरिने अधिकारीको भनाई छ ।