भरतपुर, १ पुस ।
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले भरतपुर हस्पिटल रोडमा रहेको क्यापिटल रिफरेन्स ल्याबमा छुट पाउने भएका छन् । भरतपुरमा आयोजित एक समारोहबीच बैंकका गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र क्यापिटल रिफरेन्स ल्याब प्रालिका प्रमुख कार्यकारी अधिकृत रविरमण अधिकारीले छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले क्यापिटल रिफरेन्स ल्याबमा जुनसुकै परीक्षणमा २५ प्रतिशत छुट पाउने बैंकका गैंडाकोट शाखा प्रबन्धक किसन श्रेष्ठले जानकारी दिए । सो अवसरमा बैंकका गण्डकी प्रदेश क्रेडिट म्यानेजर नारायणप्रसाद पौड्याल, मार्केटिङ विभागका राजकुमार महर्जन, अपरेशन सपोर्ट विभागका नव निउरेलगायतको उपस्थिति थियो । बैंकका ग्राहकहरुले आफूसँग भएको एटिएम कार्ड, चेकबुक, ग्लोबल स्मार्ट प्लस एप्स देखाएर उक्त छुट सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए ।