गैंडाकोट, ३० मङ्सिर ।
निबन्धकार कुमारी लामाको निबन्धकृति `दर्ज्यु संलाप´ माथि अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा शनिबार द नारायणी रिसोर्ट गैंडाकोटमा कार्यक्रम गरिएको हो ।
अन्तर्क्रिया कार्यक्रममा अक्षर समूहका अध्यक्ष रमेश प्रभातले निबन्धकार लामासहित भूपिन र रञ्जना लामिछानेसँग संवाद गरे ।
निबन्धमार्फत पहिचानका मुद्दालाई समेट्ने कोसिस गरेको निबन्धकार लामाले बताइन् । टिप्पणीकार भूपिनले विषय चयन र भाषिक कारिगरीले निबन्धसङ्ग्रह सुन्दर बनेको बताए । `सबै मानिसले बिना भेदभाव समृद्ध, शान्तिपूर्ण र सम्मानपूर्ण जीवन बाँच्न पाउनु पर्छ, कुमारीजीका निबन्धात्मक विचारप्रति मेरो सधैँ ऐक्यबद्धता छ´, भूपिनले भने ।
अन्तर्क्रिया कार्यक्रममा एलबी क्षेत्री, सामना पहाड र उमा सुवेदीले पाठकीय टिप्पणी राखेका थिए ।