काठमाडौं, २९ मङ्सिर ।
चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएसँगै दुई टोली एनपीएल प्ले अफको दौडबाट बाहिरिएका छन् ।
छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि नै बाहिरिएका हुन् ।
जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने जितसँगै चितवन प्लेअफ नजिक पुगेको छ ।
७ खेल खेलको जनकपुरले ५ खेलमा जित र दुई खेलमा हारसहित शीर्ष स्थानमा छ ।
५ खेलमा ८ अङ्कसहित सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा, समान ८ अङ्कसहित चितवन तेस्रो स्थानमा उक्लिएको छ भने कर्णाली तेस्रो स्थानमा झरेको छ ।
विराटनगर र पोखरा समान ६ खेलबाट समान ४ अङ्क जोड्दै क्रमशः छैटौं र सातौं स्थानमा छन् । चितवनको जितसँगै दुवै टोली औपचारिक रुपमा प्ले अफबाट बाहिरिएका छन् ।
यो खेलमा जित निकालेको चितवनको ८ अङ्क भइसकेको छ भने विराटनगर र पोखराको एक खेल खेल्न बाँकी हुँदा समान ४ अङ्क छ । लिग चरणको अन्तिम खेलमा जित निकाले पनि दुबैको ८ अङ्क पुग्न सक्दैन ।