भरतपुर, २६ मङ्सिर ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वाल्मीकि शिक्षा सदनको २८औं वाषिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सरसफाइ कार्यक्रम गरिएको छ । युवा रेडक्रस सर्कल वाल्मीकि शिक्षा सदनको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
वातावरण सरसफाइमा युवाहरुलाई चेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कल वाल्मीकि र वाल्मीकि स्काउटको सक्रिय सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सञ्चालन गर्न शिक्षक नायक सुवास रेम्मी तथा स्काउट शिक्षक कुलप्रसाद पहाडीले सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।
पिपलचोक, कटहरचोक, चिसापानी चोकहुँदै विद्यालय क्षेत्र वरिपरि १ किलोमिटर आसपासमा सरसफाइ गरिएको सहायक प्राचार्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।