मकवानपुर, २५ मङ्सिर ।
युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान निभा शाहलाई प्रदान गरिने भएकाे छ । प्रगतिशील लेखक संघ मकवानपुरको नवौं जिल्ला सम्मेलनकाे अवसरमा यस वर्षकाे युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट प्रगतिवादी कवि तथा अग्रज साहित्यकार शाह सम्मानित हुने भएकी हुन् ।
२० पुष २०८१ गते शनिवार हुने प्रलेसकाे जिल्ला अधिवेशनमा उक्त पुरस्कार प्रदान गरिने अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । उक्त सम्मान मकवानपुरे अग्रज साहित्यकार तथा हास्य-व्यङ्ग्यकार आर.सी. रिजालले स्थापना गरेका हुन् । यस अघि उक्त सम्मानबाट साहित्यकार डा.पशुपतिनाथ तिमल्सिना, जनवादी गायक तथा संगीतकार रामेश श्रेष्ठ र प्रगतिवादी युवा कवि पुरुषोत्तम आचार्य सम्मानित भएका छन् ।