चितवन, २५ मंसिर ।
समाजसेवी शंकर आचार्यले एक कार्यक्रमकाबीच विद्यार्थीलाई न्यानो टोपी वितरण गर्नुभएको छ ।
माडी ७ जगन्नाथपुरीमा रहेको बालकल्याण आधारभूत विद्यालय र देबेन्द्रपुरमा रहेको दक्षिणकालिका आधरभूत विद्यालयलाई समाजसेवी आचार्यले सहयोग गर्नुभएको हो ।
बालकल्याण स्कुललाई ६९ र दक्षिणकालिका स्कुललाई ५८ वटा न्यानो टोपी वितरण गरिएको समाजसेवी आचार्यले जानकारी दिनुभयो ।
जाडो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीका लागि न्यानो टोपी वितरण अभियानमा गैंडाकोट नगरपालिका- ५ निवासी विनोद ज्ञवाली र इन्दिरा आचार्यकोसमेत महत्त्वपूर्ण भूमिका रहेको छ ।
समाजसेवी शंकर आचार्य माडी नगरपालिका – ७ देवेन्द्रपुरमा लामो समय बसोवास गरी अहिले गैंडाकोट नगरपालिका- ४ कांग्रेस चोकमा बस्दै आइरहनुभएको छ ।
आचार्य विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ । उहाँ बालकल्याण स्कुलको भू.पु. विद्यार्थी भएको नाताले सो विद्यालयको उन्नयनमा समेत उहाँको अमुल्य योगदान रहँदै आएको छ । यसैगरी उहाँले माडीको धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा समेत विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ । मन्दिरका भौतिक संरचना निर्माणदेखि माडीमा पर्यटक भित्र्याउन समेत उहाँले योगदान दिँदै आउनुभएको छ । यसअघि उहाँले शनि तथा कालिका मन्दिर र शिवालय मन्दिरका लागि समेत आर्थिक सहयोग गर्नुभएको थियो ।