भरतपुर, २३ मङ्सिर ।
रोटरी वर्ष २०२५/२६ का लागि रोटर्याक्ट क्लब अफ भरतपुरको अध्यक्ष पदमा रोटर्याक्टर सुशान्त रेग्मी चयन भएका छन् । शनिवारका दिन दियालो फुडल्याण्डमा सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट रेग्मी अध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।
रुपन्देही जिल्लाको भैरहवाका रेग्मी विगत ३ वर्षदेखि अध्ययनको शिलशिलामा भरतपुरमा बसोबास गर्दै आइरहेका छन् ।
उनी नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्ति अन्तर्गत पुरानो मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा आध्यनरत छन् ।
मुटु रोगको रोकथाम र उपचारमा विशेष रुचि रख्ने रेग्मी भविष्यमा एक विश्व परिचित कुशल एवम् सक्षम मुटु रोग विषेशज्ञ बन्ने लक्ष्य राख्दछन् । उनी नेपाल हेल्थ कोर्प्स, बेटर चितवनलगायत अन्य सामाजिक संस्थाहरुमा समेत आवद्ध छन् ।
कार्यक्रममा विभिन्न समितिका प्रमुखहरुले रोटरी वर्षमा अहिलेसम्म पूरा भएका कामहरुको प्रतिवेदन पेश गरी अधिवेशनबाट सर्वसम्मत रुपमा पारित गराएका थिए ।
कार्यक्रम अध्यक्ष सविन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका पदाधिकारी, रोटर्याक्ट क्लब अफ भरतपुरका पूर्व अध्यक्षहरुलगायत क्लबका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।