चितवन, २२ मंसिर ।
नेपाल – भारत मैत्री संगठनको चितवन जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्रप्रसाद पौडेल चयन हुनुभएको छ ।
भरतपुर महानगरपालिका- ९ शरदपुरस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा शनिबार भएको भेलाले अध्यक्षमा पौडेललाई सर्वसम्मतले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कल्पना पौडेल खड्का र बाबुराम गैरे, सचिवमा राजकुमार लामिछाने, सहसचिवमा दिनेशप्रसाद बडु, कोषाध्यक्षमा चन्दना कोइराला र सदस्यहरुमा अजित अधिकारी, खोतराज घिमिरे र बिष्णुप्रसाद कँडेलसहित पछि थप हुनेगरी १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नेपाली र भारतीय जनताबीच सुमधुर सम्बन्ध बिस्तार, मैत्रीभावको विकास, सांस्कृतिक आदानप्रदान, धार्मिक पर्यटनको सम्भाव्यता अध्ययन र विस्तार, शिक्षा संस्कृति र व्यापारसहित उद्यम क्षेत्रमा सहकार्यका लागि नागरिकस्तरबाट गरिने योगदान आदिको विकास गराउनका लागि पहिलोपटक जिल्लामा कार्यसमिति निर्माण गरिएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अनुप कुमारले जानकारी दिनुभयो ।
चितवनमा बनेको पहिलो कार्यसमितिले आगामी कार्ययोजना निर्णय र प्रस्ताव छिट्टै घोषणा गर्ने नवनिर्वाचित अध्यक्ष तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल-भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार, अन्तर्राष्ट्रिय इन्चार्ज सम थापा, विश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेल, धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजलगायतका विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।