मकवानपुर, २१ मङ्सिर ।
जिल्ला अदालत मकवानपुरले एक जना महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
अदालतले ती युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
ती युवकले महिलालाई जंगलमा घाँस काट्न गएको अवस्थामा २०८० कात्तिक २५ गते बलात्कार गरेका थिए । पीडक युवक २०८० पुसदेखि क्षेत्रीय कारागार भीमफेदमा छन् ।