भरतपुर, २० मङ्सिर ।
सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुल, भरतपुरमा यही मङ्सिर १९ गते एकै दिनमा +२ तर्फ अध्ययनरत विद्यार्थीका विभिन्न ६ वटा क्लवहरु गठन गरिएका छन् । विज्ञानतर्फ कम्प्युटर विज्ञान र जीवविज्ञान तथा व्यवस्थापनतर्फ कम्प्युटर तथा होटल म्यानेजमेन्ट विषयको पढाइ हुने उक्त संस्थामा भाषा–साहित्यसँग सम्बन्धित ‘लिटररी लुमिनरी क्लव’ बनेको छ । उक्त क्लवको अध्यक्षमा रञ्जित पोखरेल रहेका छन् । त्यस्तै विज्ञान तथा प्रविधिसँग सम्बन्धित ‘साइन्स एक्सप्लोरर क्लव’ बनेको छ । उक्त क्लवको अध्यक्षमा प्रकृति बगाले रहेकी छिन् । गणित विषयसँग सम्बन्धित ‘म्याथ म्याजिसियन क्लव’ बनेको छ । उक्त क्ववको अध्यक्षता भविष्य सापकोटाले लिएका छन् ।
कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित ‘टेक टिटान्स क्लव’बनेको छ, जसको नेतृत्व कृतज्ञ आचार्यले गरेका छन् । त्यस्तै व्यवस्थापनसँग सम्बन्धित ‘बिज भिजन क्लव’ बनेको छ । उक्त क्लवको अध्यक्ष एञ्जल केसी बनेका छन् । होटल म्यानेजमेन्टको पनि पढाइ हुने उक्त संस्थामा सो विषयसँग सम्बन्धित ‘कुलिनरी एण्ड हस्पिटालिटी क्लव’ बनेको छ । यसको नेतृत्व अमर राना मगरले गरेका छन् । यी क्लवहरुमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु संलग्न छन् । यस्ता क्लवले विद्यार्थीहरुको पढाइका अतिरिक्त उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागार हुने र यसले उनीहरुको भविष्यको मार्गनिर्देश समेत हुने कुरा + २ तर्फका संयोजक जीवलाल चालिसेले कायाकैरनलाई बताए ।