चितवन, १९ मङ्सिर ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर लायन्स क्लब अफ नारायणगढ चित्रवन र लायन्स क्लब अफ नारायणगढ लालीगुराँसले मंगलबार मनमोहन बालग्राम, माडी–६, लक्ष्मी निवासमा न्यानो कपडा र खाद्यान्न वितरण गरेका छन् ।
लायन्स क्लब अफ नारायणगढ चित्रवनका अध्यक्ष दीपक प्रधान र लायन्स क्लब अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष अम्बिका श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिका प्रमुख ताराकुमारी काजीमहतो प्रमुख अतिथि थिइन् । विशिष्ट अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ दीनानाथ न्यौपाने थिए ।
प्रमुख अतिथि महतोले दुबै लायन्सले गरेको यस कार्यको प्रशंसा गरिन् । उनले भनिन्, ‘लायन्स क्लबले वास्तविक आवश्यकता महसुस भएको स्थानमा पुगी जुन सामाग्रीहरु वितरण गरेको छ, त्यसले पक्कै पनि केही हदसम्म राहत मिल्नेछ ।’ माडी क्षेत्रमा आई सहयोग पुर्याएको भन्दै दुबै लायन्स क्लबलाई उनले धन्यवाद दिइन् ।
विशिष्ट अतिथि न्यौपानेले लायन्सले कसरी आफ्नो सेवा समाजमा प्रदान गरिरहेको छ भन्ने कुराको विस्तृत जानकारी गराए । आयोजक क्लबका तर्फबाट चित्रवन लायन्स क्लबका अध्यक्ष दीपक प्रधानले समाजसेवा नै लायन्सको मूलभूत उद्देश्य रहेको बताउँदै वितरण गरिएका सामग्रीहरुको जतन गरेर प्रयोग गरिदिन अनुरोध गरे ।
कार्यक्रममा वितरण गरिएका सामग्रीहरु दुबै क्लबले आफ्नै स्रोतबाट जुटाएको कार्यक्रम संयोजक तथा चित्रवन लायन्स क्लबका पूर्वअध्यक्ष लीलाधर आचार्यले दिए । बालग्राममा आश्रित ३३ जना बालबालिकाहरुलाई ५० हजार रुपैयाँ बराबरको कपडा र खाद्यान्न सामग्री वितरण गरिएको लालीगुराँस लायन्स क्लबकी पूर्वअध्यक्ष हिरा श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा बालग्रामका संस्थापक टीकाराम आचार्य, माडी नगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्र पौडेल, चित्रवन लायन्स क्लबका पूर्वअध्यक्षहरु श्यामकृष्ण श्रेष्ठ, उद्धब जोशी, हेमा पौडेल, हरिकुमार राजभण्डारी, द्वितीय उपाध्यक्ष शर्मिला सेंढाई, खुमप्रसाद पौडेल, लालीगुराँस लायन्स क्लबका पूर्वअध्यक्ष हिरा श्रेष्ठ, सरस्वती श्रेष्ठ, माडी नगरपालिका पशुपंक्षी विभागका प्रमुख डा. रविन बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो ।