काठमाडौँ, १७ मङ्सिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गुर्खाजलाई चितवन राइनोजले हराएको हो । सोमबार बिहान कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो ।
काठमान्डु गुर्खाजले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । त्यसको जवाफी ब्याटिङमा चितवन राइनोजले भने १७.१ ओभरमै केवल ५ विकेट गुमाएर लक्ष्य भेटेको हो ।