मकवानपुर, १६ मङ्सिर ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदकाे लागि भएकाे उपनिर्वाचनकाे मतगणना राति ९ बजेबाट गरिने भएको छ ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानको मतगणना राति ९ बजेदेखि गर्ने सर्वदलीय निर्णय भएकाे हाे ।
हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयको सवालमा मतगणना गरिने छ । पहिलो चरणमा एक स्थानमा मतगणना सुरु गरिने छ । बैठकले दुई चरणमा मतगणना गर्ने निर्णय गरेको छ । पहिलो चरणमा प्रतिभा आधारभूत विद्यालयको ३ वटा मतपेटिका र विष्णुज्योति आधारभूत विद्यालयको २ वटा मतपेटिका खोलेर मत गणना सुरु गर्ने र दोस्रो चरणमा बाँकी २/२ वटा मतपेटिका गणना गरिने बैठकले निर्णय गरेको छ ।
१२ जना उम्मेदवार प्रतिस्पर्धा गरेको उक्त निर्वाचनमा ६८.९ प्रतिशत मत खसेको थियो । ८ हजार ५३ मतदाता रहेकाे वडामा आइतबारकाे मतदानमा ५ हजार ४५४ मत खसेको थियो । १२ जना उम्मेदवार चुनावी मैदानमा छन् भने ती मध्ये राजनैतिक दलका तर्फबाट ९ जना र स्वतन्त्र ३ जना छन् ।