मकवानपुर, १६ मङ्सिर ।
मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–९, ज्यामिरेबाट ५६ किलो गाजाँसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९, ज्यामिरेमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख २३४४ नम्बरको कन्टेनर ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा ५६ किलो गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मनहरी–८, सिमपानीका २७ वर्षीय अनिल कुमार थिङलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट १० दिनको अनुमती लिई चालक थिङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।