भरतपुर, १५ मङ्सिर ।
चितवन र नवलपरासीका विभिन्न स्थानमा रोट्रयाक्ट क्लवहरुले रक्तदान कार्यक्रम गर्ने भएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजनामा कार्यक्रम हुन लागेको हो ।
मंसिर १६ गते आइतबार भरतपुरको चौबिसकोठी र रत्ननगरको टाँडीमा रहेको ॐ साइराम पोलिक्लिक अगाडि रक्तदान हुने आयोजकले जनाएको छ । दुबै स्थानमा बिहान ७ बजेबाट रक्तदान कार्यक्रम हुने छ । त्यसैगरी आइतबार नै नवलपरासीको सर्दी बगैंचामा ११ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने छ ।
त्यसैगरी १७ गते सोमबार कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस र चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) अगाडि रक्तदान कार्यक्रम हुने छ । दुबै स्थानमा बिहान ८ बजेबाट रक्तदान सुरु हुने आयोजकले जनाएको छ ।
मेडिकल सिटीका रुपमा परिचित चितवनमा रगत अभाव देखिएपछि रोट्रयाक्ट क्लवहरुले रक्तदानको अभियान चलाएको जनाइएको छ । आफ्नो पायक पर्ने स्थानमा गई रक्तदानमा सहभागि हुन आयोजकले सम्पूर्णमा आह्वान गरेको छ ।