चितवन, १२ मंसिर ।
नारायणगढको न्युरोडस्थित नवनिर्मित `रोटरी उदय कुमार चमेलीदेवी पिया स्पाईनल इन्जुरी रिह्याव सेन्टर´ हस्तान्तरण गरिएको छ । दाता उदय कुमार पिया र वहाँको परिवार डा. मदन पियालगायतको लगानीमा नवनिर्मित उक्त सेन्टरको भवन मंगलबार एक औपचारिक कार्यक्रमकाबीच रोटरी क्लव अफ चितवनलाई हस्तान्तरण गरिएको हो ।
मेरुदण्ड पक्षघात भै लामो समयसम्म फिजिओथेरापीलगायतका उपचार गर्नुपर्ने बिरामीका लागि उक्त सेन्टरले सेवा दिनेछ । नेपाल मै साँगापछिको यो दोस्रो रहेको र २५ जना बिरामीलाई सेवा दिन सक्ने सुबिधा रहेको छ । निकट भबिस्यमा नै सेवा सुरु गर्ने जानकारी रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका पूर्व डिष्ट्रिक्ट गभर्नर, रोटरी क्लव अफ चितवनका पूर्व अध्यक्ष तथा उदयकुमार चमेली पिया स्पाईनल इन्जुरी रिह्याव सेन्टरका संयोजक रो. रवीन्द्र पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका- ३ का वडा अध्यक्ष विकास थापा प्रमुख अतिथि रहनु भएको थियो ।
रोटरीका क्लव अध्यक्ष शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा रोटरी डिष्ट्रिक्टका एसिस्टेण्ड गभर्नर हरिप्रसाद सुवेदी, रोटरी क्लव अफ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुकेलगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन सेन्टरका सचिव एवम् रोटरी क्लबका उपाध्यक्ष राजन पियाले गर्नु भएको थियो । कार्यक्रममा दाताको तर्फबाट डा. मदन पियाले मन्तव्य राख्नु भएको थियो ।