देवचुली, १० मंसिर ।
देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर विजयी भएको छ । शान्तिदीप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा अभिषेक चर्च रजहरका विरुद्ध नवलपुर ११ बिच आइतबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।
अभिषेक चर्चले नवलपुर ११ लाई ५-३ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा अभिषेक चर्च रजहरका हेनरीले २ गोल, सुजित बुढाथोकी, आशिष सुनार र अभिषेक महतोले १/१ गोल गरेका थिए भने नवलपुर ११ का रोशन क्षेत्री २ गोल र बिक्की चामलिङ राइले १ गोल गरेका थिए । सोमबारको खेलमा अभिषेक चर्च रजहरका म्यान अफ दि म्याच भएका थिए ।
नवलपुर, चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता सञ्चालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो । प्रतियोगितामा मंगलबार साथीभाइ फुटबल क्लबका विरुद्ध सेन्टर कलेज अठाइस बिगाहा बिच खेल हुने आयोजकले जनाएको छ ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।