काठमाडौँ, ३ मंसिर ।
फोर्ब्स इन्डिया डि ग्लोबलिस्ट डिजेम्स (डि ग्लोबलिस्ट उद्यमी गतिशीलता शिखर सम्मेलन) मा एक नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी “ट्रु डर्मा” ब्राण्ड परेको हो । यो स्किनकेयर उत्पादन गर्ने कम्पनी हो ।
फोर्ब्स इन्डियाको प्रतिष्ठित डि ग्लोबलिस्ट डिजेम्स सन् २०२४ को २०० वटा उत्कृष्ट कम्पनीहरूको सूचीमा ट्रु डर्मा नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।
उद्यमीद्वय सुशान्त मुरार्का र दिपक जयसवालल स्थापनामा गरेको “ट्रु डर्मा” भारतीय बजारमा समेत प्रवेश गरिसकेको छ ।
उद्यमशील व्यक्तिहरूको लागि प्रेरणा स्रोत बन्न सक्ने र योजना एवम् नवीनतासँग स्थानीय ब्राण्डहरूले विश्वव्यापी पहिचान प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।