भरतपुर, १ मङ्सिर ।
पल्लव साहित्य प्रतिष्ठान चितवनले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका विभिन्न स्रस्टालाई पुरस्कार अर्पण सँगै सम्मान गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनको सभाहलमा शनिबार ‘पल्लव कुम्भ’ कार्यक्रम आयोजना गरी मुलुकका विभिन्न ठाउँका ९ जना स्रस्टालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले स्रष्टालाई सम्मान गर्दै पल्लव पत्रिकाको २८औँ अङ्क विमोचन गरेका थिए । कार्यक्रममा प्रा.डा. देवी नेपाललाई बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, उपन्यासकार ओम रिजाललाई शेषनाथ लामिछाने स्मृति लोकसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रियसाहित्य सम्मान – २०८१, साहित्यकार ज्ञानराज सुवेदीलाई
केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल पल्लव राष्ट्रियसाहित्य सम्मान- २०८१, लोकगायिका हरिदेवी कोइरालालाई युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, कवि भैरवी भुगोललाई युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, युवा गजलकार धिरेन अनुपमलाई केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, कवि उमा कार्कीलाई काजीमान तथा नन्दकुमारी-शान्तकुमारी श्रेष्ठ रत्नपुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, कवि विमलप्रसाद पौडेललाई मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – २०८१ र उपन्यासकार चिरञ्जीवी दाहाललाई मीना-रत्न बालसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१ बाट सम्मान गरिएको हो ।
कार्यक्रममा सम्मानित स्रस्टाहरुले रचनावाचन पनि गरेका थिए । पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खे साइँलोले कार्यक्रमको सहजीकरण गरेका थिए ।