त्यसैगरी, अखाद्य रङ्ग मिलाइएका मिठाई, झिलिङ्गे रोटी जस्ता अस्वस्थ र गुणस्तरहीन खाद्य वस्तुहरुको बिक्री वितरण र उपभोग नगर्न र म्याद गुज्रेका भाईमसला, प्लाष्टिकजन्य फूलमाला लगायत कानूनले आयात र प्रयोग गर्न निषेध गरेका वस्तुहरुको प्रयोग र बिक्री वितरण नगर्न नगराउन सूचना जारी गरिएको सहायक प्रजिअ शर्माले बताए ।
तिहारको समयमा दियो, मैनवत्ती, पालहरु एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटना घट्न सक्ने भएकोले यस्ता कार्यहरु गर्दा पुर्ण रुपमा सजगता अपनाउन आग्रह गरिएको उनले बताए । प्रशासनको सूचना विपरितको कार्य गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले चेतावनी दिएको छ