कावासोती, १४ कात्तिक ।
नवलपुरमा नाटक ति ‘हार’ मञ्चन भएको छ । बुधबार मध्यबिन्दु बहुमुखी क्याम्पसमा नाटकको मञ्चन गरिएको हो । सोही क्याम्पसमा एमबिएस चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थीद्वारा नाटक मञ्चन गरिएको हो ।
नाटकको लेखन तथा निर्देशन अर्जुन कँडेलले गरेका हुन् भने कलाकारहरुमा पवन न्यौपाने, सन्तोषी सुवेदी, सुनिता थापा र बालकृष्ण भुसाल रहेका छन् । शृङ्गार सविना अधिकारीको रहेको छ ।
नाटक मञ्चनपछि बोल्दै प्रमुख अतिथि क्याम्पसका सह-प्रमुख विष्णु लम्सालले नाटक समाजको कथा बोल्ने र सकारात्मक सन्देश प्रवाह गर्ने शक्तिशाली माध्यम भएको जनाए । उनले आगामी दिनहरुमा नाटक मञ्चनलाई क्याम्पसले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी अतिथि तथा दर्शकहरुले क्याम्पसको इतिहासमै पहिलोपटक थिएटरकै अनुभव दिने गरि नाटक मञ्चन भएकोमा खुसी व्यक्त गरे ।
‘समाजलाइ जित्ने सहास राख्ने नारीहरु पनि आफै भित्र हार्न बाध्य हुन्छन्’ भन्ने सन्देशमा तयार गरिएको नाटकको सल्लाहकारमा करुण लम्साल, रमेश जिसी, सुधा सुवेदी, सञ्जय देवकोटा र दिप काफ्ले रहेका छन् ।