गैंडाकोट, ११ कात्तिक ।
पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफएमको सह स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकामा समाचार सम्पादकका रुपमा कार्यरत पत्रकार क्षेत्रीको हृदयघातका कारण गएराति निधन भएको हो ।
सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार स्रोतले जनाएको छ । क्षेत्रीको आइतबार (आज) बिहान १० बजे देवघाटमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।
चितवनको माडी नगरपालिका वडा नम्बर १ चैनपुर निवासी पत्रकार प्रेम क्षेत्री परिवारसहित गैंडाकोटमा बसोबास गर्थे । क्षेत्रीका श्रीमती र एक छोरी छन् ।