चितवन, ९ कात्तिक ।
भरतपुर महानगरपालिकाकाे छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा २ जनाकाे मृत्यु भएकाे छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा १ जना पुरुष मृत फेला परेको प्रहरीले जनाएकाे छ । बिहीबार नारायणी नदिको बिच टापुमा ४/५ दिन अघिको जस्तो देखिने अन्दाजी ३५/४० वर्षीय पुरुष व्यक्ति मृत फेला परेकाे हाे । प्रहरीका अनुसार मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएकाे छ ।
यस्तै भरतपुर १० नगरपालिका अगाडि सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार चौबिसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बा. प्र. ०३ ००१ प ४७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटो बन्द गर्न राखेको सडकको डिभाईडरमा ठक्कर खाई दुर्घटना भएकाे हाे ।
दुर्घटनामा माेटरसाइकल चालक गैँडाकोट बस्ने ५० वर्षीय प्रेम परियारकाे मृत्यु भएकाे हाे । दुर्घटनामा टाउकोमा चोट लागी घाइते भएका परियारलाई उपचारकाे लागि भरतपुर अस्पताल लगिएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे हाे । माेटरसाइकल पछाडि सवार ईच्छाकामना गाउँपालिका ५ बस्ने ३३ वर्षीय पूर्णबहादुर परियार घाइते भएकाेमा भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।