मकवानपुर, ८ कात्तिक ।
मकवानपुर प्रहरीले चोरीसहित लागुऔषध ओसारपसारमा संलग्न रहेका नौ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले जिल्लाकाे विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेकाे हो ।
प्रहरीले लागुऔषधमा संलग्न १ जना तथा चोरीमा संलग्न ८ जनालाई पक्राउ गरेकाे प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए । हेटौंडा सिमेन्ट उद्योगबाट दशैं अगाडी चोरी भएका बिजुलीको तारहरु सहित ३ जना व्यक्तीहरु पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –९ लामसुरे स्थित हेटौंडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपवेदेखी क्रसरसम्मकाे ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाको तार चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए ।
चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा सोधपुछ गर्दा हेटौंडा– १३ बस्ने २८ वर्षीय सन्तबहादुर तितुङलगायत अन्य ५–७ जना व्यक्तीहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरी उद्योग नजिकै प्लटिङ गरेको जग्गमा ल्याई तारहरु छिलि हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नम्बर– ७ बस्ने दिलखुशकुमार साहलाई बिक्री गरेको भनि खुल्न आएकोले उनीहरुलाई पक्राउ गरिएकाे हो ।
यसैगरी हेटौडा –८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त चोरीको सामान सहितहेटौंडा–८ कमाने बस्ने २६ वर्षीय सुमन राई , २५ वर्षीय समिर घिमिरे र २४ वर्षीय सुशान्त श्रेष्ठलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
यस्तै हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने हेटौंडाको कमाने बस्ने २४ वर्षीय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भई रेहको प्रहरीले जनएको छ। यसैगरी हेटौंडा–२ स्थित शान्तीटोल बस्ने राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नंबरको यामाहा कम्पनीको मोटरसाइकल पार्कीङ गरी राखेको अवस्थामा चोरी भएकोमा खोजतलास गर्ने क्रममा पशुपतिनगरबाट उक्त चोरीको मोटरसाइकल सहित चोरी गर्ने हेटौंडा–८ बस्ने २४ वर्षीय सुशान्त श्रेष्ठलाई पक्राउ गरिएकाे हाे ।
यसैगरी मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षीय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौंडातर्फ लाँदै गरेको अवस्थामा फेला पारी उल्लेखित समान सहित चौधरीद्वयलाई पक्राउ गरिएकाे खड्काले जानकारी दिए ।
यसैगरी प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित १ जना पक्राउ गरेको छ। हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नंबरको योद्धा पिकअप गाडी र गाडी भित्र रहेका वडा नंबर– ३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई गाँजा सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ गरिएका नौ जनालाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।