- विश्व ओस्टियोपोरोसिस( Osteoporosis) दिवस प्रत्येक वर्ष अक्टोबर २० मा मनाइन्छ। यो एक विश्वव्यापी स्वास्थ्य अभियान हो
यस अवसरमा हाडहरूको सुरुवाती निदान, यसको उपचार, र बलियो हाडहरूको लागि रोकथाम उपायहरू र भविष्यमा ओस्टियोपोरोसिस र यसको सम्बन्धित जटिलताहरूबाट जोगिन हाडहरूको स्वास्थ्यको लागि सावधानी अपनाउने तरिकाहरु सिकाइन्छ। अस्टियोपोरोसिसलाई एक प्रणालीगत रोगको रूपमा परिभाषित गरिन्छ जसले हड्डीको घनत्व घटाउँछ, जसका कारण हड्डीहरू कमजोर र जीर्ण हुन्छन्। यसले हड्डीको बल घटाउँछ र भाँचिने सम्भावना बढाउँछ। यो बुढ्यौलीमा हड्डी भाँचिनुको सबैभन्दा सामान्य कारण हो।
विश्व ओस्टियोपोरोसिस दिवस २०२४ को विषयवस्तु
यस वर्ष, २०२४ मा, विश्व अस्थिसुषिरता दिवसको विषयवस्तु “Say No to Frigile Bone “ : जीर्ण हाडहरूलाई नकारौं” हो। यस विषयवस्तुले मानिसहरूलाई आफ्नो हाडहरूको महत्त्व र यसको सदैव जीर्ण हुने अवस्थाबाट रोक्न र रोकथाम, निदान र उपचारको महत्त्वमा सजक हुन प्रेरित गरेको छ ।
विश्व ओस्टियोपोरोसिस दिवस (WOD:World Osteoporosis Day ) को महत्त्व
ओस्टियोपोरोसिस भनेको हाडहरू धेरै कमजोर र जीर्ण हुने चिकित्सा अवस्था हो। सामान्यतया, यसले कुनै लक्षण देखाउँदैन जबसम्म भाँचिन हाड हुँदैन। ओस्टियोपोरोसिसको अवस्थामा, हाड यति कमजोर हुन्छ कि सामान्य झडप, ठक्कर वा अचानक हिँडाइबाट पनि भाँचिन सक्छ। उमेर बढेसँगै ओस्टियोपोरोसिस को सम्भावना बढी रहन्छ। यो वृद्ध मानिसहरूमा भाँचिनको प्रमुख कारणहरू मध्ये एक हो। यस हाडको विकारको लक्षण नदेखिने भएकोले, हाडहरूको स्वास्थ्यको ध्यान राख्न अत्यावश्यक हुन्छ ताकि हाड भाँचिन सम्बन्धित जटिलताहरू रोक्न सकियोस्।
विश्वव्यापी अनुमानमा ५० वर्ष उमेरका ३ मध्ये १ महिला र ५ मध्ये १ पुरुषले ओस्टियोपोरोसिसको कारण हाड भाँचिन्छन्, जुन वृद्ध व्यक्तिहरूमा अत्यन्त पीडादायी र दीर्घकालीन अशक्तता उत्पन्न गराउने प्रमुख कारणहरूमध्ये एक हो। साथै, कमजोर स्वास्थ्य सेवा संरचना, सुविधा, पहुँच र सचेतनाको कमीका कारण, केवल २०% ओस्टियोपोरोसिस भएका बिरामीहरूलाई निदान वा उपचार भइरहेको छ।
वृद्ध महिलाहरूमा ओस्टियोपोरोसिसको प्रचलन बढी देखिन्छ, किनकि रजोनिवृत्ति(menopause) को ५-७ वर्षपछि उनीहरूले आफ्नो हाडहरूको घनत्व २०% सम्म गुमाउँछन्।, विश्व ओस्टियोपोरोसिस दिवस (WOD) ले भविष्यमा हाडहरूको स्वास्थ्यमा जटिलताहरू नहोस् भनेर सम्बन्धित संस्थाहरूको सहयोगमा मानिसहरूलाई प्रारम्भिक निदान गर्न र हाडहरूको घनत्व जाँच्न प्रेरित गर्दछ । स्वस्थ हाडहरूको सुनिश्चितता गर्न र दीर्घकालीन ओस्टियोपोरोसिसलाई रोक्न विशेष जीवनशैली अपनाउन र स्वस्थ खानपानको पालना गर्न सहयोग पुर्याउने उद्देश्यले यो दिवस मनाइन्छ।
अस्टियोपोरोसिस भनेको युवा उमेरको व्यक्तिको हड्डीको घनत्वभन्दा २.५ स्ट्यान्डर्ड डिभिएसन कम भएको अवस्था हो। सामान्य अवस्था भनेको हड्डीको खनिज घनत्व (BMD) एक स्ट्यान्डर्ड डिभिएसन भन्दा कम हुनु हो, जबकि अस्टियोपेनिया (कम हड्डीको घनत्व) भनेको १.० र २.५ स्ट्यान्डर्ड डिभिएसन बीचमा हुनु हो।
यो रोग विशेषगरी वृद्ध व्यक्तिमा मृत्यु र असक्तताको प्रमुख कारणमध्ये एक हो। यो प्राय: मौन र क्रमिक रूपमा विकसित हुने रोग हो, जसको बारेमा बिरामी वा चिकित्सकलाई हड्डी भाँचिएपछि मात्रै थाहा हुन्छ।
कारणहरू
अस्टियोपोरोसिसको कारण बहु-कारक हुन्छ। यो विशेष गरी हड्डीको घनत्व घटाउने उमेरसँग सम्बन्धित हुन्छ, विशेष गरी रजोनिवृत्ति( menopause) को समयमा। यसबाहेक, केही रोगहरू जस्तै मादकपान, एनारोक्सिया, हाइपरथाइराइडिज्म र मिर्गौला रोगका कारण पनि यो हुन सक्छ। साथै, केही औषधिहरूले हड्डीको क्षयलाई बढाउँछन्, जस्तै एन्टिसिजर औषधि, ग्लुकोकोर्टिकोइड्स, र केमोथेरापी।
क्लिनिकल लक्षणहरू
यो रोग विशेष गरी उमेरसँग बढ्दै जान्छ र महिलामा बढी सामान्य हुन्छ। हड्डी भाँचिनु यसको प्रमुख लक्षण हो। हड्डीहरू जस्तै मेरुदण्ड, कूल्हा, र हातमा भाँचिने सम्भावना हुन्छ। हड्डी कमजोर हुँदा हल्का दबाबले पनि भाँचिने खतरा हुन्छ।
जोखिम कारकहरू
अस्टियोपोरोसिसका लागि जोखिम कारकहरूलाई दुई प्रकारमा बाँड्न सकिन्छ:
* परिवर्तन गर्न नसकिने: उमेर, महिला लिङ्ग, रजोनिवृत्ति पछि एस्ट्रोजेनको कमी, अनुवांशिकता।
* परिवर्तन गर्न सकिने: मादकपान, भिटामिन D को कमी, धूम्रपान, कुपोषण, अल्प तौल, र निष्क्रिय जीवनशैली।
वर्गीकरण
अस्टियोपोरोसिसलाई मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ:
1. Type 1(पोस्टमेनोपॉजल): रजोनिवृत्तिपछि महिलामा हुने।
2. Type 2 (सेनाइल): ७० वर्ष भन्दा माथिका पुरुष र महिलामा हुने।
निदान र उपचार
अस्टियोपोरोसिसको निदानका लागि हड्डीको खनिज घनत्व (BMD) मापन सबैभन्दा भरपर्दो उपाय हो। यसका लागि डुअल-एनर्जी एक्स-रे एब्सोर्प्टियोमेट्री (DEXA) सबैभन्दा लोकप्रिय विधि हो।
उपचारमा जीवनशैलीको परिवर्तन, औषधि, र व्यायाम महत्वपूर्ण हुन्छन्। बिस्फोस्फोनेट्स औषधिहरू भविष्यमा हुने फ्र्याक्चरको जोखिम कम गर्न उपयोगी हुन्छन्।
रोकथाम
अस्टियोपोरोसिसको उत्तम उपचार भनेको रोकथाम हो। यसमा किशोरावस्थामा सही आहार र जीवनशैलीको महत्त्वपूर्ण भूमिका हुन्छ। विशेष गरी क्याल्सियम र भिटामिन D को उचित सेवन, नियमित व्यायाम, धूम्रपान र मादक पदार्थको सेवनबाट बच्नुपर्छ।
हाडहरूको स्वास्थ्यका लागि र भविष्यमा फ्र्याक्चरबाट बच्ने उपायहरू:
1. नियमित व्यायाम: हाड र मांसपेशीहरूको गतिविधिको लागि दैनिक अभ्यास सुनिश्चित गर्नुहोस्। तौल बोक्ने, मांसपेशी बलियो पार्ने र सन्तुलन तालिम दिने व्यायामहरू सबैभन्दा उपयुक्त हुन्छन्।
2. पोषण: क्याल्सियम, भिटामिन डी र प्रोटिनयुक्त भोजनको सेवन सुनिश्चित गर्नुहोस्। भिटामिन डी प्राप्त गर्न दैनिक घाममा बस्ने, जसले शरीरमा क्याल्सियमको राम्रो आत्मसातमा मद्दत गर्छ।
3. जीवनशैली: नकारात्मक जीवनशैली परित्याग गर्नुहोस्, निष्क्रिय जीवनशैलीबाट टाढा रहनुहोस् र स्वस्थ खानपानको पालन गर्न उचित BMI कायम गर्नुहोस्। धूम्रपान र अत्यधिक मदिरा सेवनबाट बच्नुहोस्।
4. जोखिम कारकहरू: सचेत रहनुहोस्, शैक्षिक अभियानहरूमा सहभागी हुनुहोस्, र ओस्टियोपोरोसिस, यसको लक्षण र संकेतहरू बुझ्नुहोस्।
5. परीक्षण र उपचार: कुनै पनि शंका वा जोखिम कारकहरू भएमा, डाक्टरको राय लिन नहिचकिचाउनुहोस् र प्रारम्भिक निदान र उपचार पाउनुहोस्।
* विश्वव्यापी रूपमा प्रत्येक वर्ष ३७० लाखभन्दा बढी फ्रयाजिलिटी फ्र्याक्चरहरू हुने भएकाले, ओस्टियोपोरोसिसले विश्वभरि मानव र स्वास्थ्य मा ठूलो आर्थिक भार थुपार्ने गरेको छ।
* तेसैले सरकारले स्वास्थ्य नीतिमा नै हाड स्वास्थ्यलाई प्राथमिकतामा राखी सोहि अनुसार नीति बनाउनु ऑजको आवस्यकता हो ।