मकवानपुर, २४ असोज ।
हेटौंडा- भीमफेदी-कुलेखानी- काठमाडौँ सडकको भीमफेदी ४ गोल्पिङमा मिनीबस दुर्घटना भएको छ । बुधबार साँझ काठमाडौंबाट हेटौंडा हुँदै जनकपुर जान आउँदै गरेको बस गोल्पिङमा दुर्घटना भएको हो ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र जनकपुर जान आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किएको तथा हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत उक्त बसमा ठोक्किँदा बस सडकबाट १० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ दर्जन बढी घाइते भएकोमा ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य विवरण आउन बाँकी रहेको तथा घाईतेहरुको उपचारको लागि हेटौंडा लगिएको प्रहरीले जानकारी दिएको छ ।