भरतपुर, १९ असोज ।
कवि गणेश श्रमण र नमूना शर्मा रामेश्वर पुस्तकालयबाट सम्मानित भएका छन् । पुस्तकालयको २० औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा कवि श्रमणको `आगो लिएर गाउँ गाउँमा´ कवितासङ्ग्रहलाई विष्णुहीरा रामेश्वर प्रतिभा सम्मान २०८१ प्रदान गरियो । हाल अष्ट्रेलिया निवासी डिलाराम खरेलले बुबा विष्णुप्रसाद खरेल र आमा हीरामति खरेलको सम्मानमा पुस्तकालयले पुरस्कार प्रदान गर्नेगरी रु २५ हजार पचपन्न रुपैयाँ धनराशि उपलब्ध उपलब्ध गराएका थिए ।
यसैगरी रामेश्वर पुस्तकालयका प्रारम्भकालीन सदस्य शताब्दी पुरुष श्री हरिहर बाँस्कोटाको सम्मानमा हरिहर रामेश्वर प्रतिभा सम्मानका लागि नेपाल सरकारका पूर्व सचिव श्री कृष्णहरि बाँस्कोटाले रु १ लाखको अक्षयकोष स्थापना गर्नुभएको थियोे । पहिलोपटक यस सम्मान पुस्तकालयका पूर्व सल्लाहकार नमूना शर्माको `उन्मुक्तिका पाइला´ गीतसङ्ग्रहका लागि रु १० हजार ५५ नगद सहित प्रदान गरिएको हो । यसैगरी पुस्तकालयका निवर्तमान अध्यक्ष बालकृष्ण थपलियालाई पुस्तकालयमा पुर्याउनु भएको योगदानस्वरुप कदर पत्रद्वारा सम्मान गरिएको थियोे ।
कार्यक्रम पुस्तकालयका भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्य तथा पुस्तकालयका अध्यक्ष माधव देवकोटाको अध्यक्षता सम्पन्न भएको थियोे ।