भरतपुर, १९ असोज ।
चितवनका गीतकार विज्ञानलाल श्रेष्ठको शब्दले सजिएको ‘चाहना’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर गीतकार स्वयंको युटुब च्यानलबाट भिडियो रिलिज भएको हो ।
मायाप्रीतिका गाथाले भरिएका शब्दहरूलाई अष्ट्रेलियामा रहेका शिरिषविक्रम थापाले सङ्गीत दिएका छन् भने उक्त गीतमा गायिका सदा श्रेष्ठको स्वर रहेको छ । अष्ट्रेलियामा रेकर्ड गरिएको सो गीतमा सङ्गीतकार शिरिषविक्रम थापाको आफ्नै सङ्गीत संयोजन रहेको छ भने सङ्गीतकार थापाले रेकर्डसमेत आफ्नो स्टुडियोमा गरेका हुन् ।
नृत्य निर्देशक सुमित लामाले तयार गरेको उक्त म्युजिक भिडियोको सम्पूर्ण छायाङ्कन चितवन र नवलपुरका विभिन्न रमणीय स्थानहरूमा भएको हो ।
म्यूजिक भिडियोमा पहिलो पटक कलाकारद्वय समिता बराली र श्रवण श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको निर्माण सुवानलाल श्रेष्ठले गरेका हुन् ।