रत्ननगर, १८ असोज ।
यु आर अटोमेटिक लन्ड्रीको नयाँ शाखा पूर्वी चितवनको सौराहाबाट सञ्चालनमा आएको छ । रत्ननगर ६ बछौलीको गौरीगाई चोक नजिकै रहेको स्ट्रिट नम्बर ७ बाट लन्ड्रीले शुक्रबारदेखि सेवा आरम्भ गरेको हो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीले एक समारोहबीच लन्ड्रीको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गिरीले अत्याधुनिक लन्ड्रीको सञ्चालनपछि यसको प्रत्यक्ष फाइदामा सौराहाका होटल व्यवसायी रहने विश्वास लिए ।
मुख्य कार्यालय बाराको सिमरामा रहेको कम्पनीले चितवनमा शाखा विस्तार गरेको हो । अत्याधुनिक मेशिनको प्रयोग गरी कुनै पनि प्रकारका लुगाको सुरक्षित धुलाई गर्ने कम्पनीका सञ्चालक उमेश चौलागाईंले बताए ।
संयुक्तअरब इमिरेट्सको फुजैराहमा १० वर्ष लन्ड्रीको काम गरी स्वदेश फर्किएर बारा निवासी चौलागाईले युआर अटोमेटिक लन्ड्री सुरु गरेका हुन् । भरतपुर, टाँडी, पर्सालगायतका स्थानमा कलेक्सन कार्यालय राखी बछौलीमा उद्योगमार्फत कपडा धुने काम गरिने सञ्चालक चौलागाईले बताए । कम्पनीले उपभोक्ताका लागि गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनाई छ ।
कम्पनीले नेपालका अन्य १० सहरमा शाखा विस्तार गर्ने लक्ष्यसहित चितवनमा पनि शाखा विस्तार गतेको हो । कम्पनीको लागत १ करोड रुपैयाँ बढी भइसकेको छ । थप नयाँ मेशिनहरु आउने क्रम जारी रहेकाले लागत बढ्ने उनले बताए । अहिले एउटा मेशिनले १ सय ५० केजी लुगा एक पटकमा धुने गर्दछ ।
अहिले ८ ठुला र पर्याप्त साना वासिङ मेशिनबाट कुशन, कोर्ट, पाईन्ट, दौरा सुरुवाल, सितारा जडित साडी, कुर्ता, लेदर ज्याकेट, तन्ना स्विटर कार्पेट, ब्लाङकेट धुलाई गरी स्टिम आइरन पनि गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले ३१ जनालाई रोजगारी प्रदान गरेको छ । २४ सै घण्टा धुलाईको सेवा दिने कम्पनीले आधा घण्टामा कपडा लगाउन मिल्नेगरी उपलब्ध गराउन सक्छ ।