मकवानपुर, १८ असोज ।
हेटौंडामा १०७ केजी लागुऔषध गाँजा र बोलेरो गाडी सहित १ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी चेकपोष्टस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने ठुलो परिमाणको गाँजा फेला पारिएको हो ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च २८८५ नंबरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडी चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर– २ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बोलेरो समेतको जाँच गर्दा गर्दा ढाला भित्र ल्याइएको अवस्थामा १०७ किलो ५० ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।