भरतपुर, १७ असोज ।
भरतपुर महानगरपालिका-३ सहिदचोकस्थित ग्रेस इन्टरनेशनलको परिसरमा रक्तदान शिविर सम्पन्न भएको छ । रोटर्याक्ट क्लब अफ भरतपुर, रोटर्याक्ट क्लब अफ चितवन मेडिकल कलेज एवम् ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
रगतको चरम अभाव भइरहेको समयलाई मध्यनजर गरी असोज १६ गतेका दिन आयोजना गरिएको सो रक्तदान शिविरमा ५३ पिन्ट रगत सङ्कलन भएको ग्रेस इन्टरनेशनलका क्षेत्रीय निर्देशक एवम् रोटर्याक्ट क्लब अफ भरतपुरका पूर्व अध्यक्ष गणेश लामिछानेले जानकारी दिए ।
अतिथिका रुपमा रोटर्याक्ट डिष्ट्रक्ट ३२९२ बाट एडिआरआर गोविन्द पराजुली, राजिव शर्मा, नवीन पोद्दरलगायतको उपस्थिति रहेको थियो ।
संथापक सदस्य अभय नेपाल र पूर्व अध्यक्ष विष्णुकान्त काफ्लेले कार्यक्रममा मन्तब्य रख्ने क्रममा क्लबले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सामाजिक हितका काम गर्न हौसला प्रदान गरे ।
ग्रेस इन्टरनेशनल यस वर्षका लागि रोटर्याक्ट क्लब अफ भरतपुरको एडुकेशन पार्टनर रहेको कुरा जानकरी गराउँदै भोलिका दिनमा पनि ग्रेस इन्टरनेशनल सँग सहकर्य गर्दै अन्य विधाका कार्यक्रमहरु पनि गर्ने योजना रहेको रोटर्याक्ट क्लब अफ भरतपुरका सचिव सुशान्त रेग्मीले जानकारी दिए ।