काठमाडौं, १४ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार स्वदेश फर्किँदैछन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ ।
त्यसको एक घण्टापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी–पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन् । गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए ।