भरतपुर, १३ असोज ।
अभिनव, ऊर्जा कुशल र वातावरणमैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहारलक्षित अभियान ‘मनैदेखि वाउ’ ल्याएको छ । ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाँड्ने उद्देश्यसहित यो अभियान ल्याइएको हो ।
‘मनैदेखि वाउ’ अभियान अन्तर्गत ग्राहकले ३१ हजार ५ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले टप लोड÷ट्विन टब वासिङ मेसिन खरिद गर्दा तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिद गर्दा निःशुल्क कुकिंग किट प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरूले गोदरेज सिंगल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड–बाई–साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्ने छन् ।
यो अभियान २३ भदौ २०८१ मा सुरु भई नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ । नेपालमा गोदरेजको घरायसी उपकरणहरु चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ ।