रत्ननगर, २० असोज ।
पूर्वीचितवनमा पहिलोपटक बीबीए कार्यक्रम सञ्चालनमा आएको छ ।
रत्ननगर-१०,बकुलहरस्थित पुरानो क्रिष्टल कलेजबाट सो कार्यक्रम सञ्चालनमा आएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ज्ञानसुधा टेक्निकल कलेज अन्तर्गत सञ्चालनमा आएको सो कलेजले समय सापेक्ष पाठ्यक्रम निर्माण गरेर बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कलेजले यसै वर्षबाट डेढ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गरी विद्यार्थीहरुलाई सहुलियत दरमा शिक्षा प्रदान गर्न लागेको कलेजका प्राचार्य राजकुमार दाहालले जानकारी दिए ।
बीबीए कार्यक्रम सञ्चालनका क्रममा विश्वविद्यालयको पाठ्यक्रम मात्र केन्द्रित नभई विद्यार्थीहरुलाई प्रत्येक सेमेस्टरमा आईटीलगायत इन्डस्ट्रीसँग जोड्ने विभिन्न अतिरिक्त कक्षाहरू तयार गरी सीपमूलक प्रमाणपत्र प्रदान गर्न लागिएको प्राचार्य दाहालले बताए ।
यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले पढाईपश्चात बेरोजगार रहनु नपर्ने विश्वास प्राचार्य दाहालले गरेका छन् ।
हाल कलेजमा सीमित सिटमा भर्ना अभियान चलिरहेकाले पूर्वीचितवनमा रहेका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई समयमा नै कलेजमा सम्पर्क गरी सिट सुरक्षित राख्न पनि प्राचार्य दाहालले अनुरोध गरेका छन् ।