काठमाडौं, २३ भदौ ।
अग्रणी विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले बडादशैं, तिहार र छठपर्वलक्षित अभियान “सेलिब्रेट ग्रेटनेस टुगेदर“ घोषणा गरेको छ । यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
“सेलिब्रेट ग्रेटनेस टुगेदर“ अभियान अन्तर्गत टिसिएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिरहेको छ । यो अभियानलाई अझ आकर्षक बनाउँदै, टिसिएलले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी दिने भएको छ ।
थप उत्साहका लागि टिसिएलले बम्पर अफर प्रस्तुत गरिरहेको छ । जसअनुसार पाँच जना भाग्यशाली विजेताहरूले प्रतिष्ठित सिएमएफ फोन वान बाइ नथिङ जित्ने मौका पाउने छन् ।
टिसिएलको उत्पादनहरूको श्रृंखला, विविध आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएको छ । अद्भुत ध्वनिसहित अद्भुत टेलिभिजनहरूदेखि ऊर्जा–कुशल एयर कन्डिसनरहरू, विश्वसनीय फ्रिजहरू र शक्तिशाली वाशिंग मेसिनहरूसम्म टिसिएलले ग्राहककोको जीवनशैली उन्नत गर्न उत्पादनहरूको विस्तृत चयन प्रदान गरेको कम्पनीको भनाइ छ ।
यी अविश्वसनीय प्रस्तावहरूको फाइदा उठाउन र यस उत्सवको मौसमलाई वास्तवमा स्मरणीय बनाउन नजिकैको टिसिएल अधिकृत डिलर वा अनलाइन स्टोर सिजी डिजिटल डटकम डटएनपीमा भ्रमण गर्न कम्पनीले आग्ह गरेको छ ।
नेपालमा टिसिएलका घरायसी उपकरणहरु चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ ।