भरतपुर, ८ असोज ।
भरतपुर महानगरपालिका वडा नम्बर १० ले डेंगु रोग सम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान शुरु गरेको छ । वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा सदस्य, टोल सुधार समिति, आमा समूहलगायतको सहभागितामा मंगलबार वडाका तीनवटा टोलमा उक्त अभियान गरिएको हो । वडाले बिहान भरतपुरको स्याउलीबजार, दुरसञ्चार रोड, चौबीसकोठीमा डेंगु सम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान गरेको थियो ।
वडा अध्यक्ष खनालले डेंगुको जोखिम भएका होटल, घर, पसललगायतका ठाउंँहरुमा गएर पानी जम्ने ठाउंँ, भांँडाकुडा, टायर तथा खाल्डोेहरुमा गएर लार्भा खोज र नष्ट गर्नुका साथै सचेत गराएको बताए । ‘हामीले डेंगु बस्ने जोखिम र संभावित एरियामा गरेर सफा गर्ने, सचेत गरेर अभियान सम्पन्न ग¥यौँ’, उनले भने – ‘अन्य टोलमा पनि यस कार्यलाई निरन्तरता दिनेछौं ।’
पछिल्लो समय भरतपुरका अस्पतालमा डेंगुका बिरामी अत्यधिक बढेको भन्दै यसको न्यूनीकरण र रोकथामका लागि अभियान शुरु गरिएको खनालको भनाई थियो । वडा अध्यक्ष खनालले लापरवाही र फोहर गर्ने केही होटल, रेष्टुरेण्टका व्यवसायी घर धनीलाई पहिलोपटक सचेत गराइएको र आगामी दिनमा सरसफाई नगरेमा कारवाही समेत गरिने बताए ।
अभियानमा वडा सदस्य रेशम थापा, अनिश लामा, पार्वती नेपाली, वडाका कर्मचारी, टोल सुधारका प्रतिनिधिलगायत आमासमूहका प्रतिनिधिहरुको पनि सहभागिता थियो । वडाले यसअघि पनि नागरिकको स्वास्थ्य सुरक्षाको लागि विभिन्न रचनात्मक तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।