भरतपुर, ५ असोज ।
गायक हेमन्त शर्माको दशैं गीत “आउँथ्यो दशैं” युट्युब ट्रन्डिङमा परेको छ । गत बुधबार (असोज २ गते) गायक शर्माको युट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीत शनिबारसम्म आइपुग्दा ट्रेन्डिङमा छैटौ स्थानमा उक्लिएको हो । युट्युबमा उक्त गीतको म्युजिक भिडियो हालसम्म ६ लाख बढीले हेरिसकेका छन् ।
गीतको शब्द र संगीत गायक शर्माकै हो भने महिलाको स्वर मेलिना राईले भरेकी हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गायक हेमन्त शर्माको समेत नृत्य रहेको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । गीति भिडियोमा शर्मासँगै रजनी गुरुङ, डोना थापा मगर, लालना चिमरिया र एलिस राई पनि फिचर भएका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्: