मकवानपुर, ४ असोज ।
पत्रकार, साहित्यकार, शिक्षक तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ सार्वजनिक भएको छ ।
प्रगतिवादी अध्येता एवं साहित्यकार डिआर पोखरेलको प्रमुख आतिथ्यमा बिहीबार हेटौंडामा भएको कार्यक्रममा बागमती प्रदेश निवर्तमान खानेपानी ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा राजनैतिक, साहित्यिक, पत्रकारिता र शिक्षण क्षेत्रका व्यक्तित्वहरु भीमसेन महत , सीता बिष्ट , प्रमिला पुलामी श्रद्धा ,राधा तिमल्सिना, सुर्यचन्द्र न्यौपाने , नवीन सिग्देल, फुर्वा दोर्जे लामा, कृष्णप्रसाद घिमिरे, पुरणबहादुर जोशी, ध्रुव अधिकारी, निमेश निखिल, ह्यग्रीव आचार्य, समीम शाह, रामसागर गुरागाई, सञ्जय साह, किसुन दयाल यादवलगायतको उपस्थिति थियो ।
प्रकाशित पुस्तकबारे समीक्षकहरू राजबाबु पहाडी र सूर्यप्रसाद शर्माले धारणा राखेका थिए । पुस्तकबारे बोल्दै समीक्षकहरूले कौशल पाण्डे नेपाली पत्रकारिता, साहित्य, शिक्षण र राजनीतिक क्षेत्रमा बिर्सिन नसकिने नामको रुपमा रहेको किताबबाट जानकारी हुने मत राखे । ग्रन्थ प्रकाशन समितिका संयोजक ऋषिराम पोखरेलले स्वागत गरेको उक्त कार्यक्रम श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष इन्द्र नेपालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव सुवास खनालले गरेका थिए ।
कार्यक्रममा कवि पुरुषोत्तम आचार्य र कौशल पाण्डेकी कान्छी बहिनी शान्तिदेवी ढुङ्गानाले रचनावाचन गरेका थिए । प्रतिष्ठानले ‘कौशल पाण्डे स्मृति पुरस्कार’ स्थापना गरी कार्ययोजना बनाएर वार्षिक रुपमा प्रदान गर्ने जानकारी पनि गराएको छ ।