मकवानपुर, ३ असोज ।
हास्यव्यंग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानी नेपालको मकवानपुर जिल्ला शाखा अध्यक्षमा सम्प्रस पौडेल चयन भएका छन् ।
सिस्नुपानी नेपाल मकवानपुरको बिहीबार सम्पन्न अधिवेशनबाट सम्प्रसको अध्यक्षतामा १० सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन भएको हो । सिस्नुपानी नेपाल मकवानपुरको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाईं, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन भएका छन् । सदस्यमा चिरञ्जीवी लामिछाने, स्वस्तिका दाहाल, अजर फुयाँल, बैकुण्ठ लामिछाने र सुवास सजल चयन भएका छन् ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे प्रमुख अतिथि थिए । गाम्नागेले हास्यव्यंग्य कवितावाचन गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी र साहित्यकारहरुको उपस्थिति रहेको थियो ।