मकवानपुर, १ असोज ।
बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले दाना उद्योगको निरीक्षण गरेकी छिन् ।
मंगलबार भरतपुर महानगरपालिका-६ स्थित उद्योगको मन्त्री तामाङले निरीक्षण गरेकी हुन् ।
उद्योग निरीक्षणको क्रममा मन्त्री तामाङले उद्योगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू सधैं उद्यमीको पक्षमा रहेर काम गर्ने बताउँदै उनले भनिन् – `दाना उद्योगको लागि आवश्यक बजेट बिनियोजन गर्नेगर्ने गरी काम गर्नेछु ।´
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दाना उद्योग सञ्चालन गर्नका निमित्त दाना परिक्षण गर्न ल्याब र दाना राख्न गोदाम घरको आवश्यक रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए ।
२०७८ सालदेखि करिब ५३ लाख लगानीमा संघले संचालन गरेको दाना उद्योगले दैनिक ८ टन दाना उत्पादन हुने गरेको बगालेले जानकारी दिए । उनका अनुसार संघले बार्षिक ७ करोडको कारोबार हुने गरेको छ ।
११४ वटा सहाकरी आबद्ध रहेको उक्त संघले चितवन जिल्लाका एक सय सहाकारीमा दाना उपलब्ध गराउने गरेको संघका व्यवस्थापक जनार्दन पौडेलले जानकारी दिए ।