भरतपुर, ३१ भदौ ।
नारायणगढस्थित द टाउन सेन्टरमा रहेको ग्ल्यान्स युनिसेक्स हाइजनिक सैलुन (GLANCE Unisex Hygienic Salon) ले बडा दशैँ, तिहार र छठ पर्वको अवसर पारेर टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ ।
असोज १ गतेदेखि असोज १० गतेसम्म सैलुनमा आएर सेवा लिएका ग्राहकले इच्छाअनुसार सैलुनको सेवा झल्किने गरी भिडियो बनाउने छन् । उक्त भिडियोलाई सेवाग्राहीले आफ्नै टिकटक आइडीबाट पोस्ट गर्नुपर्ने हुन्छ । उक्त भिडियो पोस्ट गर्दा सैलुनको टिकटक आइडीलाई मेन्सन / ट्याग गरिएको हुनुपर्छ ।
सैलुनका सञ्चालक सञ्जय ठाकुरका अनुसार लाइक, कमेन्ट र सेयरका आधारमा उत्कृष्ट एक जनालाई नगद ५ हजार रुपैयाँ र थप ५ हजार रुपैयाँ बराबरको सेवा सैलुनबाट उपलब्ध गराइनेछ । असोज १ देखि २५ गतेसम्म टिकटक भिडियोमा देखिएको लाइक, कमेन्ट र सेयरको आधारमा विजेता छनोट गरिनेछ । भिडियो प्रतियोगितामा सहभागी सबैलाई छठ पर्वसम्म सैलुनको हरेक सेवामा २०% छुट सुबिधा दिइने सञ्चालक ठाकुरले बताए ।