भरतपुर, २९ भदौ ।
भरतपुर महानगरपालिका -९ अन्तर्गतको शिवमार्ग टोल विकास संस्थाको २२औँ साधारणसभा तथा ११ औँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दधिराम कँडेलको अध्यक्षता तथा वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभामा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भई सभाबाट अनुमोदन भएको थियो । कार्यक्रममा सल्लाहकार पदम अर्याल, श्यामलाल सापकोटा र त्रिपुरेश्वर टोलका अध्यक्ष शोभाकर कँडेलले शुभकामना मन्तव्य दिएका थिए । साधारणसभामा सम्बोधन गर्दै प्रमुख अतिथि कंडेलले टोल विकास संस्था सक्रिय भए वडालाई पनि विकास निर्माण र समाज रुपान्तरण गर्न ठूलो सहयोग पुग्ने धारणा राखे ।
अधिवेशन सत्रमा सल्लाहकार पदम अर्यालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन भई पुन : दधिराम कँडेलकै अध्यक्षतामा ११ सदस्यीय टोल विकास कार्यसमित गठन भएको छ । कार्यक्रमलाई सीता ढकालले सहजीकरण गरेकी थिइन् ।