भरतपुर, २९ भदौ ।
भरतपुर- १२ स्थित वसन्तचाेक टाेल विकास संस्थाले भीमबहादुर गुरूङलाई पुनः अध्यक्षता पदमा दोहोर्याएको छ ।
। दोस्रो कार्यकालका लागि उपाध्यक्ष गाेविन्दराज बराल, सचिव देवी शर्मा बराल र काेषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
एघार सदस्य रहनेगरी नयाँ समिति गठन गरिएको कार्यक्रमलाई टाेल विकास संस्थाका सचिव देवी शर्माले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा भरतपुर- १२ का वडा अध्यक्ष लेखराज पन्त प्रमुख अतिथि र जग्गा दाता टङकुमाया घिमिरे विशिष्ट अतिथि थिए ।
कार्यक्रममा तीन जना ज्येष्ठ सदस्य पदमपाणि सुवेदी, चन्द्रमाया मरहट्ठा र श्यामप्रसाद अधिकारी साथै जग्गादाता टङ्कुमाया घिमिरेलाई सम्मान गरिएको थियो ।