मकवानपुर, २६ भदौ ।
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को मकवानपुर जिल्लामा समीक्षा गर्ने भएको छ । उक्त समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्न ३० भदाैमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने कांग्रेस मकवानपुरले बुधबार पत्रकार भेटघाटमार्फत् जानकारी गराएको हो । ‘पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो ।
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापश्चात् जिल्ला जिल्लामा पुगेर समीक्षा गर्ने भएको छ । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण निर्वाचन समीक्षामा समेत ढिलाई भएकाे हाे । विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी मकवानपुरकाे हेटौंडाबाट ३० भदौमा सुरु गर्न लागेको पत्रकार भेटघाटमा बताइएकाे हो ।
हेटौंडामा हुने उक्त कार्यक्रमको तयारी सुरु भएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सबैलाई सहभागिताको लागि निमन्त्रणा गरिएकाे छ ।
कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका लागि भनेका छौं’ सभापति लामाले भने । भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुनेछ बताइएकाे छ ।