भरतपुर, २४ भदौ ।
प्रजातन्त्र सेनानी स्वर्गीय विष्णुप्रसाद पोखरेलको २०औँ स्मृति दिवस मनाइएको छ । भरतपुर महानगरपालिका- ४ स्थित उनका सुपुत्र करूणकान्त पोखरेलको निवासमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल, पूर्वसभापति कृष्णलाल सापकोटालगायत नेपाली कांग्रेसका थुप्रै नेता कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षता नेपाली कांग्रेस भरतपुर महानगर समिति वडानम्बर ४ का अध्यक्ष नारायणप्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा नम्बर ४ का प्रवक्ता हरि घिमिरेले गरेका थिए । प्रजातन्त्र सेनानी विष्णुप्रसाद पोख्रेलको व्यक्तित्वबारे उनका छोरा करुणकान्तले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले नेपाली कांग्रेसले अघिल्लो पुस्ताको त्याग र समर्पणलाई सम्मान गर्दै उहाँहरुले देखाएको आदर्शलाई ऊर्जाको रुपमा ग्रहण गर्नुपर्ने बताए ।