भरतपुर, २१ भदौ ।
चितवनमा एमएफटी भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ । यही भदौ २२ गते शनिबार भेट्रान नकआउट फुटसल टुर्नामेन्ट सुरु हुँदैछ । मर्निङ्ग फुटसल टिम (एमएफटी) का आयोजक कमिटि सदस्य दीपक पन्तका अनुसार २२ गते बिहानबाट फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ ।
३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बताएको छ । एमएफटी मर्निङ फुटसलमा १६ ओटा ओटा समूहले सहभागिता जनाएका छन् भने एकै दिनमा सबै खेल र कार्यक्रम हुनेछ । खेल सकिय लगत्तै विजेता र उपविजेता टिमलाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिनेछ ।
त्यस्तै प्रतियोगिता भरिका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट खेलाडीलाइ हौसला बढाउन मेडल तथा जनही २ हजार रुपैयाँ प्रदान गरिनेछ ।
उक्त प्रतियोगिता चितवनको बाह्रघरेस्थित क्यासी फुटसल परिसरमा हुने भएको छ ।
फुटसलले युवामा विभिन्न प्रकारका प्रेरणा र सकारात्मक प्रभावहरू प्रदान गर्न सक्ने हेतुले योजना गरेको पन्तले बताए । `यो खेल केवल शारीरिक फिटनेस र खेलकुदको दक्षता मात्र होइन, व्यक्तित्व विकास र जीवन कौशलहरूको पनि विकासमा योगदान पुर्याउँछ´ उनले भने ।
उक्त खेलमा प्रवेश शुल्क चार हजार रुपैयाँ तोकिएको छ भने विजेता टिमलाई चालिस हजार, त्यस्तै उपविजेता टिमलाई बिस हजार रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र दिईनेछ ।
फुट्सलले युवामा शारीरिक, मानसिक, र सामाजिक रूपमा व्यापक सकारात्मक प्रभाव पार्न सक्छ । यस खेलले उनीहरूलाई स्वस्थ जीवनशैली अपनाउन, व्यक्तित्व विकास गर्न, मित्रता बढाउन र जीवनका विभिन्न चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ । फुटसलले केवल खेलको उत्साह मात्र होइन, जीवनका महत्त्वपूर्ण मूल्य र कौशलहरू पनि प्रदान गर्ने गर्दछ ।
मुख्य प्रायोजकमा मर्निङ फुटसल टिम रहेको छ भने खेलमा सह प्रायोजकका रुपमा सक्ति प्यानल, रुद्र बील्डर्स र चितवन व्हीलर्स रहेका छन् । त्यस्तै मेडिकल पार्टनरका रुपमा मेड प्लस स्पोर्ट्स क्लिनिक र डिजिटल पार्टनरका रुपमा वेबसफ्ट नेपाल रहनेछ । यस प्रतियोगिताको प्रायोजकहरुमा मेरो किनमेल, भज्जु चुल्हो, प्रीमीयर अटो ट्रेडर्स, एडु हब ग्लोबल, बन्जाई एजुकेसन, संगम इट्टा, तरेबा सेकुवा कर्नरलगायत रहेका छन् ।